स्वास्थ्य मन्त्री डा. शर्मासंग नेपालको स्वास्थ्य क्षेत्रमा सघाएका पाँच देशका प्रतिनिधिको संयुक्त भेटवार्ता

116
Shares

काठमाडौँ, ९ मंसिर । स्वास्थ्य मन्त्री डा सुधा गौतम शर्मासंग नेपालको स्वास्थ्य क्षेत्र सुधारका लागि सहयोग गरिरहेका विभिन्न पाँचवटा देशका प्रतिनिधिहरुले संयुक्त रुपमा भेटवार्ता गरेका छन् ।

मंगलबार विहान स्वास्थ्य मन्त्रालयमा नेपालस्तिथ अमेरिकी दुतावासका प्रतिनिधि प्याट्रीक एस जेन र नुर पन्त, जर्मनीका दुतावास प्रतिनिधि बेन्जामिन सेइडेल र जान डिर्कसेन, बेलातका डिएगो मोरोसो र डा दीपक कार्की, जापानी नियोग जाइकाका प्रतिनिधि मिजुकी मात्सुजाकी र कृष्णप्रसाद लम्साल तथा कोरिया अन्तराष्ट्रिय नियोग कोइकाका प्रतिनिधि सृष्टि चित्राकार र मिलन महाराजाले संयुक्त रुपमा भेट गरेका हुन् ।

सो अवसरमा मन्त्री डा शर्माले नेपालको स्वास्थ्य प्रणाली सुधारका लागि गरेको सहयोग प्रति धन्यवाद व्यक्त गरेकी थिईन । उनले आफ्नो प्राथमिकतामा मातृ तथा शिशु स्वास्थ्य, मानसिक स्वास्थ्य, स्वास्थ्य बीमा कार्यक्रम सुधार, राष्ट्रिय औषधी प्रयोगशालाको क्षमता अभिबृद्धि र प्रवासमा रहेका नेपाली श्रमिकहरुको स्वास्थ्य सुधारका विषय रहेको समेत बताईन् ।

दुतावासका प्रतिनिधिहरुले जनस्वास्थ्यका क्षेत्रमा नेपाल सरकारका प्राथमिकतामा रहेका कार्यक्रमहरुमा आ आफ्नो क्षेत्रबाट निरन्तर सहयोग रहने प्रतिवद्धता व्यक्त गरेका थिए ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *