चार स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्त

धरानमा श्रेष्ठ, पाटनमा पौडेल, पोखरामा खत्री, कर्णालीमा रोकाया
1.4k
Shares

काठमाडौं, २७ साउन । यसअघि रिक्त रहेको चारवटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्त भएका छन्। कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार ती प्रतिष्ठानहरुमा उपकुलपति नियुक्त गरेका हुन् ।

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्राडा बुद्धि पौडेल उपकुलपति नियुक्त भएका छन् । यस्तै पोखराका उपकुलपति डा भरत खत्री उपकुलपति बनेका छन् ।

यस्तै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा प्राडा विक्रम प्रसाद श्रेष्ठ उपकुलपति भएका छन् । यस्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको लागि डा पुजन कुमार रोकाया नियुक्त भएका छन्।

सरकारले स्वास्थ्यमन्त्री प्रदीप पौडेलको संयोजत्वमा असार ४ गते सर्च कमिटी गठन गरेको थियो । उक्त कमिटीको अन्य सदस्यहरुमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा विकास देवकोटा र राष्ट्रिय योजना आयोगका सदस्य डा आरपी बिच्छा सदस्य थिए।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *