एमबीबीएस दोस्रो वर्षका विद्यार्थी सुगम खनाल १३ दिनदेखि सम्पर्कविहीन

काठमाडौँ, १ साउन । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा एमबीबीएस दोस्रो वर्षमा अध्ययनरत कपिलवस्तुका सुगम खनाल १३ दिनदेखि सम्पर्कविहीन भएका छन्।

२२ वर्षका खनाल असार २० गते होस्टलबाट बाहिर निस्किएको र त्यसयता सम्पर्कमा नआएको बताइएको छ।

उनको खोजीमा परिवार र विद्यार्थी कल्याण समाज सक्रिय छन्।

उनी बेपत्ता भएको पुष्टि भएपछि समाजले सार्वजनिक अपिल जारी गर्दै उनलाई कतै देखेमा तत्काल जानकारी दिन अनुरोध गरेको छ।

यदि कसैले सुगम खनाललाई देखेमा निम्न फोन नम्बरहरूमध्ये कुनै एकमा वा नजिकको प्रहरी चौकीमा सम्पर्क गर्न अनुरोध गरिएको छ ।
९८४७०६३२२८
९८४७२९५५१४
९८४४४२०५३५

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *