कलाकार सुनिल थापाको निधन

112
Shares

काठमाडौं, २४ माघ । नेपाली सिने क्षेत्रका प्रसिद्ध कलाकार सुनिल थापाको निधन भएको छ। उनको ६८ वर्षको उमेरमा आज निधन भएको हो।

स्वास्थ्यमा समस्या देखिएपछि उनलाई आज बिहानकै नर्भिक अस्पतालको आकस्मिक कक्षमा लगिएको थियो।

बिहान ७ बजेर ४४ मिनेटमा मुटुको इसिजी गर्दा उनको मृत्यु भएको पाइएको अस्पतालले जनाएको छ।

उनको कार्डियाक अरेस्टका कारण मृत्यु भएको हुन सक्ने आशंका गरिएको छ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *