स्वास्थ्य मन्त्री प्रदीप पौडेल बिरामी, वीर अस्पतालमा उपचार हुँदै

प्रदीप पौडेल

काठमाडौँ, १५ असार । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल बिरामी भएका छन् । उनको वीर अस्पतालमा उपचार भई रहेको छ । अस्पताल स्रोतका अनुसार ज्वरो आएपछि उनलाई हिजो बेलुका वीर अस्पताल ल्याइएको थियो ।

‘ज्वरो आएको हो । के कारणले आयो हामी परीक्षण गर्दै छौँ । सबै रिपोर्ट आईसकेको छैन । आए पछि मात्रै भन्न सकिएला,’ अस्पताल स्रोतले भन्यो ।

अघिल्लो साता पनि उनी रुघा खोकी र ज्वरोको समस्यामा परेका थिए । केही दिन उनी मन्त्री क्वाटरमै बसेर स्वास्थ्य लाभ समेत गरेका थिए । तर सुधार भएपछि उनी थाइल्याण्डको बैंकक पुगेर मन्त्रीस्तरीय एक बैठकमा भाग समेत लिएका थिए । शुक्रबार विहान स्वदेश फर्किएका उनी पुन अस्वस्थ भएका हुन् ।

वीरको भीआईपी क्याविनमा उनको उपचार भईरहेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *