पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति बन्नका लागि १० जनाको आवेदन

224
Shares

काठमाडौँ, ११ असार । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको रिक्त उपकुलपति पदका लागि १० जनाको आवेदन परेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत रहेको सिफारिस समितिको सचिवालयमा मंगलबार अपरान्ह ५ बजेसम्म १० जनाको आवेदन परेको हो।

सचिवालयले गत बुधबार सार्वजनिक सूचना प्रकाशित गर्दै इच्छुक योग्य उम्मेदवारहरूलाई आवेदन दिन आह्वान गरेको थियो। कर्णाली, बीपी कोइराला, पाटन र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान उपकुलपति नियुक्ति प्रक्रिया अघि बढाइएको छ ।

चारवटा प्रतिष्ठानमा कुल ५५ जनाको आवेदन परेको छ ।

पाटनका लागि उपकुलपति पदमा आवेदन दिनेहरु यी हुन्:
१. प्राडा बुद्धिप्रसाद पौडेल
२. प्राडा संगिता भण्डारी
३. प्राडा प्रल्हाद कार्की
४. डा श्रीजना श्रेष्ठ
५. प्राडा गेहनाथ बराल
६. डा दिपेन्द्र रमण सिंह
७. प्राडा पवन कुमार शर्मा
८. डा लक्ष्मी नारायण सिंह
९. प्राडा विष्णु प्रसाद शर्मा
१०. डा दीपक थापा मगर

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *