स्वास्थ्य बीमा बोर्डमा तीन महिने जागिरका लागि १८० जना चिकित्सक सिफारिस, प्रतिक्षा सूचीमा अरु को को परे ?

308
Shares

काठमाडौँ, १० असार । स्वास्थ्य बीमा बोर्डको तीन महिने जागिरका लागि १८० जना मेडिकल अधिकृत (चिकित्सक) सिफारिस भएका छन् । अरु ९७ जनालाई बोर्डले प्रतिक्षा सूचीमा राखेको छ ।

यसअघि बोर्डले ९० दिन कार्य अवधीका लागि १८ जेठमा आवेदन मागेको थियो । सोही विज्ञापनमा भरेकाहरुको अन्तर्वार्ता मार्फत सिफारिस र प्रतिक्षा सूची सार्वजनिक गरिएको हो ।

बोर्डले यी मेडिकल अधिकृतहरुलाई पेण्डिङ अवस्थामा रहेको माग दावीको रिभ्यु गर्न खटाउने छ । बोर्डका सूचना अधिकृत विकेश मल्लका अनुसार बोर्डले गत साउन यताको झण्डै ११ महिनाको रिभ्यू सुरु नै गरेको छैन ।

बोर्डले आउँदो १२ देखि १५ असार भित्र सम्झौँताका लागि आउन अनुरोध गरेको छ । तोकिएको अवधीमा नआएर प्रतिक्षा सूचीमा रहेकाहरुले मौका पाउने समेत बताएको छ ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *