स्वास्थ्य बीमा बोर्डमा तीन महिने जागिरका लागि १८० जना चिकित्सक सिफारिस, प्रतिक्षा सूचीमा अरु को को परे ?
काठमाडौँ, १० असार । स्वास्थ्य बीमा बोर्डको तीन महिने जागिरका लागि १८० जना मेडिकल अधिकृत (चिकित्सक) सिफारिस भएका छन् । अरु ९७ जनालाई बोर्डले प्रतिक्षा सूचीमा राखेको छ ।
यसअघि बोर्डले ९० दिन कार्य अवधीका लागि १८ जेठमा आवेदन मागेको थियो । सोही विज्ञापनमा भरेकाहरुको अन्तर्वार्ता मार्फत सिफारिस र प्रतिक्षा सूची सार्वजनिक गरिएको हो ।
बोर्डले यी मेडिकल अधिकृतहरुलाई पेण्डिङ अवस्थामा रहेको माग दावीको रिभ्यु गर्न खटाउने छ । बोर्डका सूचना अधिकृत विकेश मल्लका अनुसार बोर्डले गत साउन यताको झण्डै ११ महिनाको रिभ्यू सुरु नै गरेको छैन ।
बोर्डले आउँदो १२ देखि १५ असार भित्र सम्झौँताका लागि आउन अनुरोध गरेको छ । तोकिएको अवधीमा नआएर प्रतिक्षा सूचीमा रहेकाहरुले मौका पाउने समेत बताएको छ ।
सम्पर्क इमेल : [email protected]