लुम्बिनी प्रदेशको स्वास्थ्य क्षेत्रमा ४ अर्ब ९५ करोड बजेट

88
Shares

काठमाडौँ, १ असार । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि स्वास्थ्य क्षेत्रमा ४ अर्ब ९५ करोड बजेट छुट्याएको छ।

आइतबार लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशनको तेह्रौँ बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले उक्त बजेट प्रस्तुत गरेका हुन् ।

लुम्बिनी सरकारले समग्र बजेट भने ३८ अर्ब ९१ करोड रुपैयाँको ल्याएको छ । जसमध्ये चालुतर्फ १२ अर्ब १ करोड ४७ लाख ८६ हजार अर्थात् ३० दशमलव ८८ प्रतिशत र पुँजीगततर्फ २३ अर्ब ४७ करोड १४ लाख ६५ हजार अर्थात् ६० दशमलव ३२ प्रतिशत विनियोजित छ ।

वित्तीय हस्तान्तरणका लागि ३ अर्ब ४२ करोड ३७ लाख ४९ हजार अर्थात्८ दशमलव ८० प्रतिशत अनुमान गरिएको छ ।

लुम्बिनी प्रदेश सरकारले समृद्ध लुम्बिनी खुसी नागरिकको दीर्घकालीन आकाङ्क्षा हासिल गर्ने सङ्कल्प गरेको छ ।

बजेटमा स्वास्थ्यका निम्न कुराहरु समेटिएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *