टाउको दुखेका बिरामीलाई आइरन चक्की दिएपछि…

156
Shares

सुर्खेत, २० जेठ । कालिकोट जिल्लाको सदरमुकाममा रहेको खाँडाचक्र नगरपालिका–३ स्थित ताडी आधारभुत स्वास्थ्य केन्द्रमा स्थानीयले ताला लगाएका छन् । सो स्वास्थ्य केन्द्र करिब दुई हप्तादेखि कर्मचारीविहीन छ ।

सोमबार खोकी लागेका र टाउको दुखेका बिरामी औषधि लिन जाँदा कार्यालय सहयोगीले आइरन चक्की वितरण गरेको भन्दै ताला लगाइएको हो । यसरी नागरिकको जीवनमा खेलवाड भएको स्थानीयको गुनासो छ ।

कार्यालयमा समयमा नआउने, सरकारले निःशुल्क उपलब्ध गराएका औषधि पनि सेवाग्राहीलाई उपलब्ध नगराएको भन्दै स्थानीयले स्वास्थ्य संस्थामा ताला लगाएका हुन ।

कर्मचारीबाट विभिन्न समयमा पावर र पहुँच देखाउदै वडाका बिरामी नागरिकलाई पटक/पटक थर्काउने, धम्काउने जस्ता क्रियाकलाप हुने गरेको स्थानियको आरोप छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *