‘डाक्टर लिने देशसँग रोयल्टी लिने’ भन्ने स्वास्थ्य मन्त्री पौडेलको भनाई प्रति राष्ट्रिय चिकित्सक संघको आपत्ति

स्वास्थ्य मन्त्रालयलाई दियो आठ बुँदे सुझाव
184
Shares

काठमाडौँ, १६ जेठ ।  राष्ट्रिय चिकित्सक संघ नेपाल (एनडीएएन)ले डाक्टर लिने देशसँग रोयल्टी लिने भन्ने स्वास्थ्य मन्त्री प्रदीप पौडेलको भनाई प्रति आपत्ति जनाएको छ । एनडीएएनले बिहीबार विज्ञप्ती जारी गर्दै मन्त्री पौडेलेको अभिव्यक्तिले डाक्टरलाई पैसामा किनबेच हुने बस्तु बनाएको र मन्त्रालयलाई बिचौलियाको भूमिकामा परिणत भएको उल्लेख गरेको छ ।

गत बुधबार राष्ट्रिय ट्रमा सेन्टरको आयोजनामा सुरु भएको ट्रमा एण्ड इन्जुरी लाइफ सपोर्ट ट्रेनिङको उद्घाटन गर्दै मन्तव्य दिने क्रममा मन्त्री पौडेलले विदेश जाने नेपाली डाक्टरको प्रसंग झिक्दै उनीहरुको सेवा लिने देशहरुसंग रोयल्टी लिने प्रसंग निकालेका थिए । उनले त्यसबखत एमबीबीएस पढाउन राज्यको ठूलो लगानी लागेको हुने रहेछ भन्दै ती विदेशीदा राज्यलाई ठूलो हानी हुने बताएका थिए । ‘हामीले लगानी गर्ने, विदेशीले सेवा लिने भइरहेको छ’ भन्दै उनले रोयल्टीको प्रसंग झिकेका थिए ।

त्यति मात्रै होईन त्यसबेला मन्त्री पौडेलले विदेशमा काम गर्न जाने श्रमिकको स्वास्थ्यको जिम्मा पनि काम लगाउने कम्पनीले लिनुपर्ने प्रस्ताव आगामी विश्व स्वास्थ्य संगठनको महासभामा लैजाने बताएका थिए ।

एनडीएएनका अध्यक्ष डा विकास गौचन र महासचिव डा सम्राट पराजुलीद्धारा हस्ताक्षरित विज्ञप्तीमा डाक्टरलाई देश भित्रै सेवा गर्न प्रेरित गर्ने बाताबरण बनाउनु (शिक्षा, काम सुरक्षा र सम्मानको माध्यमबाट) स्वास्थ्य मन्त्रालयको प्रमुख काम हो भन्दै यस्ता अव्यहारिक र अपमानजनक बक्तव्यबाजी भन्दा डाक्टरलाई सम्मान सुरक्षा अवसर र प्रोत्साहन दिएर देशमै टिकाउने दीर्घकालीन नीति बनाउन भनिएको छ ।

विज्ञप्तीमा एनडीएएनले स्वास्थ्य मन्त्रालयलाई आठ बुँदे सुझाव समेत दिएको छ ।

हेर्नुहोस विज्ञप्ती तथा त्यसमा समेटिएको सुझावहरु

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *