स्वास्थ्य सचिव हरिप्रसाद मैनालीको सरुवा

976
Shares

काठमाडौँ, १२ जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव हरिप्रसाद मैनालीको सरुवा भएको छ । सोमबार राती बसेको मन्त्रिपरिषद् बैठकले चार सचिवहरूको सरुवा गर्दा मैनाली परेका हुन् ।

एक मन्त्रीका अनुसार सचिव मैनालीलाई स्वास्थ्यबाट नागरिक उड्डयन मन्त्रालयमा सरुवा गरिएको छ । उनको ठाउँमा बागमती प्रदेशमा प्रमुख सचिवको रुपमा कार्यरत महादेव पन्थलाई ल्याइएको छ ।

बैठकले शिक्षा मन्त्रालयका सचिव  डा. दिपक काफ्लेलाई उपराष्ट्रपति कार्यालयमा सरुवा गरिएको छ ।उपराष्ट्रपतिको कार्यालयका सचिव लोकनाथ पौड्‍याललाई शिक्षा मन्त्रालयमा सरुवा गरेको छ ।

त्यसैगरी राष्ट्रिय कृषि अनुसन्धान परिषद्को कार्यकारी निर्देशकमा कृष्ण तिम्सनालाई नियुक्त गर्ने निर्णय गरेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *