ब्युटि पार्लरमा भेटिए लाइसेन्स बिनाका डाक्टर

376
Shares

काठमाडौँ, २८ बैशाख । चिकित्सकीय अध्यासका लागि लाइसेन्स नै नलिएका व्यक्तिहरुले छाला सम्वन्धी उपचारमा आफूलाई अब्बल डाक्टर भन्दै सेवा दिईरहेको पाईएको छ । नेपाल मेडिकल काउन्सिल, नेपाल चिकित्सक संघ र डर्म्याटोलोजी सोसाइटीको संयुक्त टोलीले काठमाडौँका दुई व्युटीपार्लरको छामा मार्दा यस्तो भेटिएको हो ।

संघका महासचिव डा सञ्जीव तिवारीका अनुसार जेनी ब्युटी सैलुन एन्ड ट्रेनिङ सेन्टर सोह्रखुट्टे र कोजी क्लिनिक अफ कस्मेटिक सर्जरी रहेका छन्। त्यहाँ कार्यरत व्यक्तिको चिकित्सा अभ्यासका लागि लाइसेन्स नभएपनि डाक्टर लेखेर सेवा दिँदै आएका थिए।

अनुगमन टोलीसंग उनीहरुले छालाको आफूहरुले पढेको ठाउँमा डाक्टर लेख्न मिल्छ भनिएकाले त्यसो गरेको बताएका छन् ।

कोजी क्लिनिककी रेखा थापाले आफूले पढ्ने ठाउँमा डा लेख्न मिल्ने बताएको उल्लेख गरेकी थिइन्। तर पढाइको प्रमाणपत्र माग्दा भने उनले देखाउन सकिनन् । उनले आफ्नो विभिन्न प्रमाण पत्रमा डा उल्लेख गरेको पाइएको छ।

उक्त सेन्टरबाट कागजात समेत जफत गरिएको छ। आवश्यक कागजातसहित काउन्सिलमा उपस्थित हुन भनिएको छ। काउन्सिलले थप छानविनका लागि गृह प्रशासन र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई लेखि पठाउने तयारी गरिएको छ।

काउन्सिलका तर्फबाट सदस्य डा रुपक घिमिरे, नेपाल मेडिकल एशोसिएसनका तर्फबाट महासचिव डा सञ्जीव तिवारी र डर्म्याटोलोजी सोसाइटीका तर्फबाट मनिषा सिंह र डा मोहन भुषाल सहभागी टोलीले छापा मारेको हो।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *