सबै सार्वजनिक अस्पताललाई एकीकृत अनलाईन सेवामा आवद्ध गर्ने छौँ : प्रधानमन्त्री ओली

44
Shares

काठमाडौँ, २८ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै सार्वजनिक अस्पताललाई एकीकृत अनलाईन सेवामा आवद्ध गर्ने बताएका छन् । उनले स्वास्थ्यसम्बन्धी सबै सहायता र सहुलियतका कार्यक्रमहरूलाई एकीकृत स्वास्थ्य बीमा प्रणालीमा आबद्ध गर्ने नीति अघि सारिएको भन्दै यसले पुनर्संरचना गरिने स्वास्थ्य बीमा कार्यक्रमलाई दीगो बनाउने दावी गरेका छन् ।

नीति तथा कार्यक्रममाथि उठेका विषयबारे प्रतिनिधिसभाको आजको बैठकमा जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले जनसङ्ख्या, भूगोल र रोगको भारको आधारमा नयाँ स्वास्थ्य प्रणालीको प्रस्तावले स्वास्थ्य सेवालाई सुलभ र पहुँचयोग्य तुल्याउने बताए ।

उनले यसले स्वास्थ्य पूर्वाधार विस्तारसँगै सेवा प्रदायक अस्पताल–चिकित्सक, स्वास्थ्य जनशक्ति, उपकरण र सेवाग्राहीबीच रहेको असन्तुलन हटाउने अपेक्षा सरकारले लिएको समेत जानकारी दिए ।

उनले गत १९ बैशाखमा राष्ट्रपतिबाट प्रस्तुत नीति तथा कार्यक्रमबारे सांसदहरुले उठाएका प्रश्न र दिएका सुझावहरुलाई आगामी १५ जेठमा सार्वजनिक हुने बजेटमा समेटिने समेत आश्वस्त पारे ।

 

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *