निर्वाह भत्ता प्रकरण माईतीघरमा आवासीय चिकित्सकको प्रदर्शन, स्वास्थ्य मन्त्रालय घेराउमा जाने तयारी
काठमाडाँै, ११ बैशाख । चिकित्सा शिक्षा आयोगको १६ औँ बैठकले निर्धारण गरेको निर्वाह भत्ताको विषयमा आन्दोलनरत चिकित्सकहरुले यतिवेला माईतीघरमा प्रदर्शन गरेका छन् ।
उनीहरुले आज नजिकै रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय घेराउ गर्ने तयारी गरिरहेका छन् । तर प्रहरीले उनीहरुलाई त्यहाँ जान रोकिरहेको छ ।
नेपाल चिकित्सक संघका अध्यक्ष डा अनिलबिक्रम कार्कीले कि त मन्त्रालयमा धर्ना दिन जान देउ कित स्वास्थ्य मन्त्रीलाई यहाँ बार्ता गर्न बोलाउ भन्दै प्रहरीलाई अनुरोध गरिरहेका छन् ।
आवासीय चिकित्सकहरु भने मेडिकल सञ्चालक तथा सरकारविरुद्ध चर्का नारा लगाईरहेका छन् ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]