आवासीय चिकित्सक आन्दोलनमा, आज एक घण्टा पेनडाउन

काठमाडौँ, १८ माघ । निर्वाह भत्ताको विषयलाई लिएर आवासीय चिकित्सकहरुले आजदेखि आन्दोलन थालेका छन्। आठौँ तहको मेडिकल अधिकृतको तलव सरह निर्वाह भत्ता हुनुपर्ने भन्दै उनीहरुले आज (शुक्रबार) पेन डाउन सहित विरोध प्रदर्शन गर्ने कार्यक्रम रहेको छ ।
स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समितिको अगुवाइमा बिहान ९ बजेदेखि १० बजेसम्म पेन डाउन र एप्रोनसहित प्रदर्शन गरिएको छ।
काठमाडौं उपत्यकाभित्र भने दिउसो १ बजे माइतीघर मण्डलामा भेला भएर प्रदर्शन गर्ने बताइएको छ ।
केही दिनअघि स्वास्थ्य तथा जनसंख्या मन्त्री व्रदीप पौडेल र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले संयुक्त रुपमा निर्णय गरेका छन्। मन्त्रीद्वय हस्ताक्षरित निर्णयमा सःशुल्कतर्फ निजी मेडिकल कलेजमा अध्ययन गर्ने स्नातकोत्तर तहका आवासीय चिकित्सकलाई कम्तिमा पहिलो वर्ष रु २५ हजार, दोस्रो वर्ष रु ३ हजार र तेस्रो वर्ष रु ३५ हजारका दरले निर्वाह भत्ता निजी मेडिकल कलेजले उपलब्ध गराउने भनिएको छ।
तर, उक्त निर्णय अस्वीकार गर्दै आवासीय चिकित्सक आन्दोलनमा उत्रिएका हुन् ।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



