अस्पताल व्यवस्थापन सुधार र कर्मचारी प्रोत्साहनका लागि भन्दै कान्तिका कर्मचारीले अघि सारे ६ बुँदे माग

700
Shares

काठमाडौँ, १३ माघ । अस्पताल व्यवस्थापन सुधार र कर्मचारी प्रोत्साहनका लागि भन्दै कान्ति बाल अस्पतालका कर्मचारीहरुको समूहले अस्पताल निर्देशक समक्ष ६ बुँदे माग अघि पेश गरेको छ । गत २ माघमा बसेको कर्मचारीहरुको बृहत भेलाले गरेको निर्णय अनुसार ७ माघका दिन निर्देशक समक्ष माग पेश भएको हो ।

माग पत्र निर्देशकलाई सम्वोधन गरी पठाए पनि बोदार्थ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई समेत दिईएको छ ।

कर्मचारीहरुको मागमा अस्पतालमा दुई सिफ्ट ओपिडी सञ्चालन गर्नुपर्ने, ५० प्रतिशत भत्ता कर्मचारीलाई उपलव्ध गराउनु पर्ने, सार्वजनिक विदामा काम गर्ने सम्पूर्ण कर्मचारीलाई एक महिना तलव भत्ता स्वरुप उपलव्ध गराउनु पर्ने लगायतका छन् ।

यस्तै नर्सिङ क्याम्पसको आम्दानी र खर्च विवरण पारदर्शी हुनु पर्ने, अस्पतालको वित्तिय अनुशासन कायम गर्न आवश्यक खर्च र चुहावट नियन्त्रण गर्नु पर्ने समेत उल्लेख छ ।

यस्तै कर्मचारीहरुले अस्पतालको सुधार गर्नुपर्ने क्षेत्र भन्दै ट्वाइलेट बाथरुमको सरसफाई, फार्मेसीमा प्रेस्किप्सन भएका औषधीहरु हुनुपर्ने, सिटी एमआरआई सेवा पूर्ण रुपमा सञ्चालन हुनुपर्ने, इसीजी सेवा, बढी आम्दानी हुने रेडियोलोजी सेवा, ल्याव, सर्जरी डेन्टल सेवाहरु स्तरोन्नती गरी बाहिर परीक्षणका लागि जाने अवस्थालाई रोक्नुपर्ने भनिएको ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *