राजनीतिज्ञका लागि ध्यान अझ महत्वपूर्ण : शशांक कोइराला

श्री श्री रवि शंकरको विशेष प्रवचनमा सहभागी हुन आग्रह
192
Shares

काठमाडौँ, ६ पुस । नेपाली कांग्रेसका नेता शशांक कोइरालाले राजनीति गर्ने व्यक्तिका लागि ध्यान जरुरी रहेको बताएका छन् । विश्व ध्यान दिवसको अवसरमा शनिबार विहान द आर्ट अफ लिभिङ नेपालले आयोजना गरेको ध्यान शिविरमा सहभागी जनाउन पुगेका नेता कोइरालाले यस्तो बताएका हुन् ।

करीव एक घण्टाको ध्यान पछि आयोजित औपचारिक कार्यक्रमलाई सम्वोधन गर्ने क्रममा नेता कोइरालाले दिमागलाई स्थिर र मनलाई शान्ति राख्ने काम ध्यानले गर्ने भन्दै यसपछि हुने निर्णय राम्रो र परिपक्क हुने बताए । ‘मलाई पहिले यस्तो लाग्थेन तर जव मैले यो शिविरमा गएँ, त्यसपछि लाग्यो राजनीति गर्दा गर्दै ध्यान पनि जरुरी रहेछ । दिमागलाई थिर बनाउँछ, मनलाई शान्ति दिन्छ । दिमागलाई स्वस्थ राख्छ । स्वस्थ दिमागले निर्णय गर्न सजिलो हुन्छ । हामीले हतारमा निर्णय गर्छौै, हतारको निर्णय गलत पनि हुनसक्छ । तर दिमाग स्वस्थ बनाएर गरिने निर्णय गलत हुँदैन । त्यसैले हामी राजनीतिज्ञका लागि ध्यान आवश्यक छ’ उनले भने ।

कार्यक्रममा द आर्ट अफ लिभिङका नेपालका अध्यक्ष सिद्धेश्वर कुमार सिंह, महासचिव प्रभुराज वैद्य, कन्ट्रि कोअर्डिनेटर दीपिका साह लगायतले धारणा राखेका थिए ।

संयुक्त राष्ट्रसंघले २१ डिसेम्बरलाई विश्व ध्यान दिवसको रुपमा मनाउने गरी गत ७ डिसेम्बरमा घोषणा गरेको थियो ।

ध्यान दिवसकै अवसरमा द आर्ट अफ लिभिङ फाउण्डेशनका संस्थापक समेत रहेका आध्यात्मिक गुरु श्री श्री रवि शंकरले आज बेलुका सबा ८ बजे (नेपाली समय) अमेरिकाको न्युयोर्कबाट ध्यान तथा अध्यात्मबारे विशेष प्रवचन दिने भएका छन् ।

विश्व ध्यान दिवसको अवसरमा हुने सो प्रबचनलाई ‘द आर्ट अफ लिभिङ फाउण्डेशन’ले विश्वव्यापी रुपमा प्रत्यक्ष प्रशारण गर्ने छ ।

द आर्ट अफ लिभिङ नेपालका महासचिव प्रभुराज वैद्यले सो प्रवचन कार्यक्रममा रहभागी हुन आम नेपाली नागरिकलाई आग्रह समेत गरेका छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

One thought on “राजनीतिज्ञका लागि ध्यान अझ महत्वपूर्ण : शशांक कोइराला

Leave a Reply

Your email address will not be published. Required fields are marked *