शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको सञ्चालक समिति सदस्यमा डा.बराल र सापकोटा मनोनित

काठमाडौंँ, १ पुस । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको सञ्चालक समिति सदस्यमा डा. राजेन्द्रप्रसाद बराल र दीपकराज सापकोटा मनोनित भएका छन् ।
गत मंसिर २८ गतेको मन्त्रिपरिषद बैठकले केन्द्रको सञ्चालक समिति सदस्यमा डा. बराल र दीपकराज सापकोटालाई मनोनयन गर्ने निर्णय गरेको हो।
सोमबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले कास्कीका डा. बराल र भोजपुरका सापकोटालाई केन्द्रको सञ्चालक समिति सदस्यमा मनोनित गरिएको जानकारी दिए ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



