गर्भवतीको निःशुल्क स्वास्थ्य बीमा

32
Shares

गोरखा, १४ मंसिर । सहिद लखन गाउँपालिकाले आफ्नो क्षेत्रका गर्भवतीको निःशुल्क स्वास्थ्य बीमा गर्न थालेको छ ।

अर्थाभावका कारण स्वास्थ्योपचार तथा जाँचमा गर्भवतीलाई समस्या नहोस् भन्ने उद्देश्यले पालिकाले निःशुल्क बीमा कार्यक्रम सञ्चालन गरेको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख वीरेन्द्र श्रेष्ठले जानकारी दिए ।

“चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रमअन्तर्गत गर्भवती जाँचका लागि स्वास्थ्य संस्थामा पुग्नेबित्तिकै स्वास्थ्य बीमा गर्ने व्यवस्था मिलाइएको छ, गर्भ जाँचका लागि आएकी गर्भवतीका बारेमा स्वास्थ्यकर्मीले सम्बन्धित वडाको बीमा दर्ता सहयोगीलाई खबर गर्ने र बीमा अभिकर्ताले घरमै पुगेर बीमा गर्ने व्यवस्था मिलाएका छौँ”, उनले भने । कार्यक्रमअन्तर्गत हालसम्म २५ जना गर्भवतीसहित उनीहरूका परिवारका एक सय २५ जनाको निःशुल्क स्वास्थ्य बीमा भएको छ ।

“गाउँपालिकाले एक जना गर्भवतीका लागि गरिदिएको तीन हजार पाँच सयको स्वास्थ्य बीमाबाट गर्भवतीसहित परिवारका पाँच जनाको बीमा हुन्छ, जसबाट परिवारका पाँच जना सदस्य प्रत्येकले प्रतिव्यक्ति रु एक लाखसम्मको निःशुल्क उपचार सेवा प्राप्त गर्दछन्”, शाखा प्रमुख श्रेष्ठले भने।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *