‘आँखा लाइस, जुत्ता खाइस’ लेखिएको ट्रकमै प्रहरीको आँखा परेपछि……..

308
Shares

पर्सा, ३० कात्तिक । गए राती करीब साढे १२ बजे वीरगञ्जमा सामान लोड गरेर सप्तरी तर्फ गुड्दै गरेको ना ३ ख ६९७१ नम्बरको ट्रकको अगाडी लेखिएको छ, ‘आँखा लाइस जुत्ता खाइस ।’  तर  संयोग यस्तो पर्‍यो पर्सा प्रहरीको गस्ती टोलीले मध्यरातमा त्यहि ट्रकमाथि आँखा लगायो ।

ट्रकमै मात्र कहाँ होर, प्रहरी टोलीले त्यसपछि ट्रक भित्र लोड गरिएको सामानमा आँखा लगायो अनि सामानको बिल बिजकमाथि पनि।

आँखा लगाएपछि थाहा भयो प्रहरीलाई केही वेर अघि आएको विशेष सूचना सहि नै रहेछ ।

त्यसपछि  प्रहरीले ट्रकलाई नियन्त्रणमा लियो र अनुसन्धान तथा कार्वाही प्रक्रिया अघि बढायो ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता समेत रहेका प्रहरी नायव उपरीक्षक दीपक भारतीका अनुसार गएराती आएको विशेष सूचनामा ना ३ ख ६९७१ नम्बरको मालबाहाक ट्रकले विल विजक भन्दा ठूलो परिमाणमा सामान लोड गरि सप्तरीतर्फ जाँदै छ भन्ने थियो । सोही सूचनालाई आधार मानि प्रहरीले आफ्नो गस्ती अघि बढाएको थियो ।

टोलीले १२ बजेर २४ मिनेट जाँदा वीरगञ्ज महानगरपालिका वडा नं ८ मा पर्ने घण्टाघर चोकनिर सो ट्रक सप्तरी जाँदै गरेको अवस्थामा फेला पारेको थियो ।

रोकेर जाँच गर्दा ट्रक जाँच गर्दा सूचनामा आएजस्तै विलविजक भन्दा बढी औषधि हालेको भेटियो ।

पर्सा प्रहरीका प्रवक्ता भारतीका अनुसार सो ट्रकमा ८७ लाख ६१ हजार ६७० रुपैयाँ बराबरको औषधि भेटिएको छ ।

उनले उक्त औषधिहरुलाई थप अनुसन्धान तथा कार्वाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *