काठमाडौँ विश्वकै छैटौँ प्रदूषित शहर

16
Shares

काठमाडौँ, २९ कात्तिक । राजधानी काठमाडौँ दिनानुदिन वायु प्रदूषणको स्तर खराब बन्दै गएको छ। बिहीबार बिहान काठमाडौँ विश्वकै छैटौँ प्रदूषित शहर बनेको हो।

आईक्यू एयरको बिहान साढे ९ बजेको मापनअनुसार काठमाडौँको एक्यूआई १ सय ७० रहेको छ। हावाको यो गुणस्तरलाई अस्वस्थ मानिन्छ।

पाकिस्तानको लाहोर विश्वकै प्रदूषित शहरको शीर्ष स्थानमा कायम रहेको छ। त्यहाँको एक्यूआई ७०८ रहेको छ। यो निकै खतरनाक मानिन्छ। उता, भारतको नयाँ दिल्ली दोस्रो स्थानमा रहेको छ। त्यहाँ एक्यूआई ४२४ मापन गरिएको छ।

तेस्रो स्थानमा भियतनामको हानोई रहेको छ भने चौथो र पाँचौँ स्थानमा भारतको कोलकाता र बंगलादेशको ढाका शहर रहेको छ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *