पूजाको प्रसाद खाँदा ३५ बिरामी

36
Shares

काठमाडौँ, १३ कात्तिक । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका १ तारा मार्गमा आइतबार देउराली पूजाको प्रसादका रूपमा मासु खाएर बिरामी हुनेको सङ्ख्या ३५ पुगेको छ ।

सोमवार २५ जना भर्ना भएको र मङ्गलबार बिहान थप ७ जना बिरामी भर्ना भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख डिएसपी चक्रबहादुर मल्लले बताए ।

बिरामीहरूमा झाडापखाला, बान्ता, ज्वरो, शरीर दुख्ने लक्षण देखिएको अर्घाखाँची अस्पतालका प्रमुख डाक्टर जगन्नाथ तिवारीले बताए । बिरामी सबैको अवस्था सामान्य छ। फुड पोइजनका कारण बिरामी परेको डाक्टर तिवारीको भनाइ छ।

बिरामीहरूमध्ये अहिले ३४ जनाको अर्घाखाँची अस्पताल सन्धिखर्कमा उपचार भइरहेको र १ जनाको अर्घाखाँची हस्पिटल प्रालिमा उपचार भइरहेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *