नर्सिङ लाइसेन्स परीक्षामा ४० प्रतिशत उत्तीर्ण

212
Shares

काठमाडौँ, १२ कात्तिक । नेपाल नर्सिङ परिषद्ले शनिबार लिएको ३७ औँ नर्सिङ नाम दर्ता (लाइसेन्स) परीक्षामा ४० प्रतिशत उत्तीर्ण भएका छन् । पीसीएल र बीएस्सी नर्सिङको छुट्टा छुट्टै नतिजालाई जोडेर हेर्दा ४० प्रतिशत उत्तीर्ण भएको पाइएको हो ।

परिषद्का रजिष्ट्रार शुक्ला खनालका अनुसार परीक्षामा सहभागी हुनका लागि पीसीएल नर्सिङ तर्फ ९८३ जनाले फारम भरेका थिए । यद्धपी परीक्षाका बेला २८ जनुपस्थित थिए ।

उनले पीसीएल तर्सिङ तर्फ ९५५ जना परीक्षामा सहभागी भएकोमा ३३१ जना (३४.६९ प्रतिशत) उत्तीर्ण भएको बताईन् । यस्तै बीएस्सी तर्फ कुल २९८ जनाले परीक्षाका लागि फारम भरे पनि ४ जना अनुपस्थित थिए ।

बीएस्सीमा कुल २९४ जनाले परीक्षा दिएकोमा १६९ जना (५७.४८ प्रतिशत) उत्तीर्ण भएका छन् ।

परीक्षामा सहभागी पीसीएल र बीएस्सीका कुल जोडदा १ हजार २४९ जना भएका थिए भने उत्तीर्ण संख्या ५०० जना (४० प्रतिशत) रहेको छ ।

परिषद्ले परीक्षामा उत्तीर्णहरुलाई २५ कात्तिक देखि प्रमाणपत्र उपलभ्द गराईने जनाएको छ ।

प्रमाणपत्रका लागि त्यसअघि नै अनलाइन (खल्ती) एपबाट १२०० रुपैयाँ भुक्तानी गरी आवेदन गर्न सकिने उल्लेख गरेको छ ।

पुर्नयोगमा जानेहरुका लागि भने ३५ दिन अवधी रहेको समेत उल्लेख गरेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *