बङ्गलादेशमा डेङ्गी सङ्क्रमितको सङ्ख्या ५० हजार नजिक

32
Shares

ढाका । बङ्गलादेशमा डेङ्गी सङ्क्रमितको सङ्ख्या ५० हजार नजिक पुगेको छ।

स्वास्थ्य सेवा महानिर्देशनालय (डिजिएचएस) ले स्थानीय समयअनुसार आइतवार बिहान ८ बजेसम्म एक हजार दुई सय ९८ नयाँ डेङ्गीका केसहरु पुष्टि भएको बताएको छ। यो सङ्ख्यासँगै यस महिनाको कूल सङ्ख्या १८ हजार नौ सय ४२ पुगेको हो।

यस्तै अक्टोबरको हालसम्म ८४ जनाको डेङ्गीका कराण मृत्यु भएको पनि महानिर्देशनालयले बताएको छ। योसँगै यस वर्ष बङ्गलादेशमा डेङ्गीका कारण मृत्यु हुनेको कूल सङ्ख्या दुई सय ४७ पुगेको छ।

डेङ्गीको थप फैलावट रोक्न बङ्गलादेशी स्वास्थ्य अधिकारीहरूले लामखुट्टेको प्रजनन नियन्त्रण गर्न र एन्टी–लार्भाल अपरेशनहरू सञ्चालन गर्ने उपायहरूलाई बलियो बनाएका छन्।

बङ्गलादेशमा सन् २०२३ मा डेङ्गीका कारण एक हजार सात सय तीन जनाको मृत्यु भएको थियो। जुन सबैभन्दा बढी वार्षिक मृत्युको सङ्ख्या हो।

त्यसको तुलनामा सन् २०२२ मा दुई सय ८१ र सन् २०१९ मा एक सय ७९ जनको डेङ्गीका कारण मृत्यु भएको रिपोर्ट गरिएको थियो।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *