२१ लाख बालबालिकालाई भिटामिन ए र १९ लाख बालबालिकालाई जुकाको औषधी खुवाईंदै

124
Shares

काठमाडौँ, १ कात्तिक । सरकारले राष्ट्रिय पोषण कार्यक्रम अन्तर्गत कात्तिक २ र ३ गते देशभरका बालबालिकाहरुलाई भिटामिन ए क्याप्सुल र जुगाको औषधी खुवाउने भएको छ ।

स्वास्थ्य सेवा विभाग पोषण शाखाका अनुसार ६ महिना देखि ५ वर्ष मुनिका बालबालिकाहरुलाई भिटामिन ए र १ वर्ष देखि ५ वर्ष मुनिका बालबालिकालाई जुकाको औषधी खुवाउन लागिएको हो ।

पोषण शाखा प्रमुख लिलाविक्रम थापाका अनुसार यसपटक २१ लाख बालबालिकालाई भिटामिन ए खुवाईदै छ । यस्तै जुकाको औषधी खाने बालबालिकाको संख्या १९ लाख रहेको छ ।

विसं २०७८ सालको राष्ट्रिय जनगणनाले बालबालिकाको संख्या यसअघिको तुलनामा ५ प्रतिशतले कमी देखिएको छ । त्यसैले भिटामिन ए र जुकाको औषधी खाने बालबालिकाको संख्यामा कमी देखिएको थापाले बताए ।

यो अभियानमा करीव ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका र १७ हजार बढी स्वास्थ्यकर्मी परिचालन गर्न लागिएको समेत शाखा प्रमुख थापाले बताए ।

यसपटक अभियान चलेका वडामा त्यस वडा स्वास्थ्य संस्थाबाट २ जना स्वास्थ्यकर्मी र स्थानीय तहका ३ जना गरी कम्तिमा ५ जनाले अनुगमन गर्ने व्यवस्था मिलाइएको समेत उनले जानकारी दिए ।

सरकारले हरेक वर्ष वैशाख ६ र ७ तथा कात्तिक २ र ३ गते यसैगरी भिटामिन ए र जुकाको औषधी खुवाउने कार्यक्रम सञ्चालन गर्ने गर्दछ ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *