बागमती प्रदेश स्वास्थ्यमा एघारौँ तहका चार उच्च अधिकारीको सरुवा

स्वास्थ्य निर्देशनालयमा डा. झा, जनस्वास्थ्य कार्यालय काठमाडौँमा डा. अधिकारी
1.5k
Shares

काठमाडौँ, २० असोज । बागमती प्रदेश सरकारले स्वास्थ्यका चार उच्च अधिकारीहरुको सरुवा गरेको छ । गत १६ असोजमा बसेको बागमती प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले एघारौँ तहका चार जना अधिकारीको सरुवा गरेको हो ।

प्रदेश स्वास्थ्य सचिव बद्रीबहादुर खड्काका अनुसार प्रदेश स्वास्थ्य निर्देशनालय बागमती प्रदेशको निर्देशक पदमा डा. नरेन्द्रकुमार झाको सरुवा भएको छ ।

एघारौँ तहका उनी यसअघि प्रदेश स्वास्थ्य तालीम केन्द्र बागमती प्रदेशका निर्देशक थिए । तालीम केन्द्रमा भने यसअघि स्वास्थ्य निर्देशनालयमा निर्देशक रहेका दीपक तिवारीलाई पठाइएको छ । उनी पनि एघारौँ तहका हुन् ।

यस्तै प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रको निर्देशकको रुपमा डा. अर्जुनप्रसाद सापकोटाको सरुवा भएको छ । उनी यसअघि जनस्वास्थ्य कार्यालय काठमाडौँको प्रमुख थिए ।

डा. सापकोटाको आपूर्तिमा सरुवा हुँदा त्यहाँ निर्देशक रहेका डा. बसन्त अधिकारीलाई जनस्वास्थ्य कार्यालय काठमाडौँको प्रमुखको रुपमा कामकाज गर्ने गरी जिम्मेवारी तोकिएको छ । उनी पनि एघारौँ तहका हुन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *