मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको नियुक्ती : रजिष्ट्रारमा भीमसागर गुरागाईं, कोअर्डिनेटरमा चिरञ्जीवी चुडाल

380
Shares

काठमाडौँ, १९ असोज । हेटौंडास्थित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा भीम सागर गुरागाईं नियुक्त भएका छन् । उपकुलपति डा. प्रदीप ज्ञवालीको सिफारिसमा शुक्रबार प्रतिष्ठानका सहकुलपति समेत रहेका बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरले नियुक्त गरेका हुन् ।

यस्तै हिजो नै प्रतिष्ठानको कोअर्डिनेटर पदमा चिरन्जिवी चुडाल नियुक्त भएका छन् । अस्पताल निर्देशकको सिफारिसमा उपकुलपतिले प्रतिष्ठान कोअर्डिनेटर नियुक्त गर्ने व्यवस्था छ । रजिष्ट्रार र कोअर्डिनेटर दुबै पदको अवधी चार वर्षको रहेको छ ।

नियुक्ती पछि हिजो नै दुबै पदाधिकारीले पद तथा गोपनियताको सपथ साथै पदवहाली गरेका छन् ।

यसअघि गत १६ असोजमा बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले डा ज्ञवालीलाई उपकुलपति पदमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *