मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. ज्ञवालीले गरे पद वहाली

132
Shares

काठमाडौँ, १८ असोज । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका नव नियुक्त उपकुलपति डा प्रदीप ज्ञवालीले पदवहाली गरेका छन् । हैटौँडास्थित बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामासंग पद तथा गोपनियताको सपथ लिएपछि प्रतिष्ठानमा गएर पदवलाली गरेका हुन् ।

सो अवसरमा बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा, बागतमी प्रदेशका प्रमुख सचिव डा हरिप्रसाद लम्साल लगायतको उपस्थिति थियो ।


गत १६ असोजमा बसेको बागमती प्रदेशको मन्त्रिपरिषद् बैठकले डा ज्ञवालीलाई चार वर्षका लागि उपकुलपति पदमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

यसअघि प्रतिष्ठानको उपकुलपति प्राडा विश्वराज जोशी थिए । उनको चार वर्षे कार्यकाल १५ साउनमा सकिएको थियो । पहिलो उपकुलपतिको कार्यकाल सकिएको दुई महिना पछि डा ज्ञवाली दोस्रो उपकुलपतिको रुपमा प्रतिष्ठानको नेतृत्व गर्दैछन् ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *