एएमआरसम्बन्धी उच्चस्तरीय बैठकलाई प्रधानमन्त्री ओलीको सम्बोधन, प्राकृतिक स्वास्थ्य हेरचाहको सोचलाई प्रवर्द्धन गर्न जोड

80
Shares

न्युयोर्क (अमेरिका) ११ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले सयुक्त राष्ट्रसङ्घको ७९औँ महासभाअन्तर्गत ‘एन्टिमाइक्रोबायल रेसिस्टेन्स’ (एएमआर) सम्बन्धी उच्चस्तरीय बैठकलाई सम्बोधन गर्दै प्राकृतिक स्वास्थ्य हेरचाहको सोचलाई प्रवर्द्धन गर्न आग्रह गरेका छन् ।

प्रधानमन्त्री ओलीले सन्तुलित भोजन र स्वच्छ वातावरणसहितको प्राकृतिक स्वास्थ्य हेरचाहको सोचले सङ्क्रमणबाट बचाउने र ‘एन्टिमाइक्रोबायल रेसिस्टेन्स’ कम गर्ने उल्लेख गरेका छन् ।

उनले नयाँ एन्टिबोयटिक्स, वैकल्पिक उपचार र नवप्रवर्तनात्मक समाधानका लागि बलियो अन्तर्राष्ट्रिय सहकार्य आवश्यक भएको र स्वास्थ्य पूर्वाधार, विकास र अनुसन्धानमा पर्याप्त लगानी गर्नुपर्नेमा पनि जोड दिए । रासस

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *