किशोरकिशोरीहरुको मानसिक स्वास्थ्यसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुँदै

164
Shares

काठमाडौँ, ८ असोज । किशोरकिशोरीहरुको मानसिक स्वास्थ्यसम्बन्धी दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौँमा हुने भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी)ले मंगलबार पत्रकार सम्मेलन गर्दै असोज १५ र १६ गते  अन्तराष्ट्रिय सम्मेलन आयोजना हुने जनाएको हो ।

महाशाखाको नेतृत्व र बालबालिका तथा किशोरकिशोरी मानसिक स्वास्थ्य साउथ एशिया नेटवर्कको आयोजनामा हुने सम्मेलनमा नेपालसहित विभिन्न मुलुकका गरी २५० बढी विज्ञहरू सहभागी हुने नेटवर्कका अध्यक्ष बाल मानसिक रोग विशेषज्ञ डा अरुण कुँवरले जानकारी दिए ।

युवाहरूमा मानसिक स्वास्थ्य समस्या व्यापक बन्दै गइरहेकोले त्यसलाई नियन्त्रण गर्न सम्मेलनको आयोजना गर्न लागिएको उनले बताए ।

विश्वभरका विशेषज्ञहरू, चिकित्सकहरू, नीति निर्माताहरू र सरोकारवालाहरूलाई ज्ञान आदानप्रदान गर्न, उत्कृष्ट अभ्यासहरू साझा गर्न र बालबालिका तथा किशोरकिशोरीहरूका लागि मानसिक स्वास्थ्य परिणामहरू सुधार गर्न रणनीतिहरूमा सहकार्य गर्ने उद्देश्यका साथ सम्मेलनको आयोजना गरिएको उनले बताए ।

 

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *