ठोरी गाउँपालिकामा भेटिएन नयाँ कुष्ठरोगी

20
Shares

पर्सा, ८ असोज । जिल्लामा आर्थिक वर्ष २०८०/८१ मा एक सय १० जना नयाँ कुष्ठरोगी देखापरेका छन् । स्वास्थ्य कार्यालयका अनुसार सो आव जिल्लाका १३ पालिकामा एक सय १० कुष्ठरोगी भेटिएका हुन् ।

स्वास्थ्य कार्यालयका प्रमुख डा मुक्तिनारायण साहले पर्सामा ६५ पुरुष र ४५ महिलामा कुष्ठरोगी भेटिएको जानकारी दिए । “पर्साको १४ पालिकामध्ये तीन वर्षदेखि ठोरी गाउँपालिकामा एउटा पनि कुष्ठरोगीका बिरामी भेटिएको छैनन”, उनले भने, “अन्य पालिकामा भने छिटफुट रूपमा कुष्ठरोगी छन् ।”

वीरगञ्ज महानगरपालिकामा सबैभन्दा धेरै ४१ कुष्ठरोगी भेटिएका छन् । त्यस्तै दोस्रो धेरै कुष्ठरोगी भेटिने पालिकामा जगरनाथपुर गाउँपालिका रहेको छ । सो पालिकामा १५ जनामा देखिएको छ । यसैगरी विन्ध्वासिनी गाउँपालिकामा १२ जना, छिपरमाई गाउँपालिकामा ९ जनामा कुष्ठरोग देखिएको छ ।

कार्यालयका अनुसार जिल्लामा आव २०८०/८१ मा नयाँ कुष्ठरोगी बिरामी पत्ता लाग्ने दर प्रतिएक लाखमा १६ दशमलव तीन जना रहेका छन् ।

त्यस्तै आव २०८०/८१ मा नै कुष्ठरोगको प्रिवालेंस दर प्रति १० लाखमा एक दशमलव छ जना रहेको छ । आव २०७९/८० मा नयाँ कुष्ठरोगी बिरामी पत्ता लाग्ने प्रतिएक लाख जनामा १७ दशमलव एक जना छन् ।

त्यसैगरी आव २०७९/८० मा कुष्ठरोगको प्रिवालेंस दर प्रति १० लाखमा एक दशमलव ७४ जना रहेका छन् । स्वास्थ्य कार्यालय प्रमुख डा साहले कार्यालयले कुष्ठरोग नियन्त्रणका लागि प्रभावकारी ढङ्गले काम गर्दै आइरहेको बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *