स्वास्थ्य खबर हेल्थ अवार्ड कार्यक्रम सम्पन्न

काठमाडौँ, १ असोज । १२ औँ स्वास्थ्य खबर हेल्थ अवार्ड कार्यक्रम सम्पन्न भएको छ । स्वास्थ्य खबरपत्रिका १५ औं वर्षमा प्रवेश गरेको अवसरमा स्वास्थ्यखबर फाउण्डेसनले सोमबार काठमाडौँमा एक कार्यक्रमको आयोजना गरी चिकित्सक, नर्स, स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थालाई अवार्ड प्रदान गरेको हो ।
कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले अवार्ड वितरण गरेका थिए ।
उत्कृष्ट डाक्टरको रुपमा जिल्ला अस्पताल दार्चुलामा कार्यरत डा. आदर्श लिम्बु, उत्कृष्ट नर्सको रुपमा नयनपुर अस्पताल सिरहाकी नर्स चण्डिका अधिकारी, उत्कृष्ट जनस्वास्थ्यकर्मीको रुपमा गण्डकी स्वास्थ्य निर्देशनालयका निर्देशक खिमबहादुर खड्काले अवार्ड पाएका छन्।
यसैगरी डिजिटल हेल्थ इनोभेसन इम्पिलिमेन्टरका रुपमा डा. मिङ्मार ग्याल्जेन शेर्पा, कम्युनिटी इन्टरेभन्सनका रुपमा बाजुराकी सिअनमी ललिता दानी, रिपोर्टिङ एन्ड युटिलाइजेसन अफ डिजिट टुल्समा कुशे गाउँपालिका जाजरकोटको टालेगाउँ हेल्थपोस्टलाई अवार्ड प्रदान गरिएको छ।
उत्कृष्ट स्वास्थ्य संस्थामा लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालय, उत्कृष्ट महिला स्वास्थ्य स्वयंसेविकामा जैमिनी नगरपालिका–१ बाग्लुङकी खिमकला रानाले अवार्ड पाएका छन्।
यस्तै वरिष्ठ प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा भोला रिजाललाई लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरिएको छ भने डा जेम्स ह्यारिस साइमन्स मरोणोपरान्त सम्मान प्रदान गरिएको छ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com




नेपाली हेल्थ 

