बिरामी बोकेको एम्बुलेन्स दुर्घटना, ३ जना घाइते

काठमाडौँ, १९ भदौ । पर्वतमा बिरामी बोकेको एम्बुलेन्स दुर्घटना भएको छ । दुर्घटनामा परी हुँदा ३ जना घाइते भएका छन् ।
बागलुङबाट पोखरा आउँदै गरेको ग १ झ ६९५ नम्बरको एम्बुलेन्स पर्वतको अर्मादीमा पोखरादेखि बागलुङ जाँदै गरेको यात्रुवाहक बससँग ठोकिएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्वतकाअनुसार घाइतेहरुको जिल्ला अस्पताल पर्वतमा उपचार भइरहेको छ । घाइते मध्ये २ जनाको अवस्था सामान्य र १ जनाको अवस्था गम्भीर रहेको छ । बस, एम्बुलेन्स र चालकलाई नियन्त्रण लिइएको प्रहरीले जनाएको छ ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।





नेपाली हेल्थ 




