गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रीमा कृष्ण पाठक नियुक्त

168
Shares

काठमाडौँ, १७ भदौ । गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रीमा कृष्ण प्रसाद पाठक नियुक्त भएका छन् ।

गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयबाट फुटाइएको स्वास्थ्य मन्त्रालयको जिम्मेवारी एमालेबाट बागलुङका कृष्ण प्रसाद पाठकले पाएका हुन् ।

नवलपुरकी पद्मा जीसी श्रेष्ठको नेतृत्वमा ४ मन्त्रालयसहित एमाले सरकारमा सहभागी भएको छ । पद्माले कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको जिम्मेवारी पाएकी छन् ।

त्यस्तै पर्वतका मित्रलाल बस्याल उद्योग, पर्यटन मन्त्री र कास्कीका प्रकाशबहादुर केसीले भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रीको जिम्मेवारी पाएका छन् ।

यसअघिका भौतिक पूर्वाधार मन्त्री राजीव गुरुङ (दीपक मनाङे)लाई भने वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

नवनियुक्त मन्त्रीहरुको शपथ केहीबेरमा हुँदैछ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *