मन्त्रिपरिषद् बैठक :

मुख्य सचिवमा एकनारायण अर्याल नियुक्त

320
Shares

काठमाडौँ, १३ भदौ । सरकारले मुख्यसचिवमा एकनारायण अर्याललाई नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सचिव अर्याललाई मुख्य सचिव बनाउने निर्णय गरेको हो । बीचमा कुनै अबरोध नभए उनी दुई वर्ष उक्त पदमा रहने छन् ।

अहिलेको मुख्य सचिव लीलादेवी गड्तौलाले ५८ वर्षे उमेर हदका कारण भोलि (शुक्रबार) देखि अवकाश पाउँदैछिन् । उनी गत १० साउनमा मुख्यसचिव नियुक्त भएकी थिइन् । नव नियुक्त मुख्य सचिव अर्याललाई भोलि पद हस्तान्तरण गरेर बाहिरिने योजनामा उनी रहेकी छन् ।
न

हाल गृह सचिव रहेका अर्याल सचिवहरुको वरियतामा चौथो नम्बरमा थिए । राष्ट्रिय योजना आयोगका सचिव तोयानारायण ज्ञवाली पहिलो, सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव रामकृष्ण सुवेदी दोस्रो र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव दिनेश भट्टराई तेस्रो वरीयतामा थिए ।

तर सरकारले चौथो नम्बरमा रहेका अर्याललाई मुख्यसचिव बनाएको हो ।

विसं २०४६ सालमा प्रशासन सेवातर्फ नायबसुब्बा पदबाट निजामती सेवामा प्रवेश गरेका अर्याल २०५१ सालमा अधिकृत, २०५८ सालमा उपसचिव, २०६७ सालमा सहसचिव हुँदै २०७६ सालमा सचिव पदमा बढुवा भएका थिए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *