लुम्बिनी प्रदेश सरकारले गर्‍यो स्वास्थ्यका तीन बरिष्ठ अधिकारीहरुको सरुवा

548
Shares

दाङ, ११ भदौ । लुम्बिनी प्रदेश सरकारले स्वास्थ्य सेवा समूहका तीन वरिष्ठ कर्मचारीको सरुवा गरेको छ । लुम्बिनीको मुख्य मन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गत २१ साउनमा विभिन्न सेवा समूहका नवौँ र दशौँ तहका कर्मचारीको सरुवा गर्दा स्वास्थ्य सेवा समूहका तीन जना कर्मचारीको सरुवा गरेको हो ।

त्यसरी सरुवामा पर्नेहरुमा स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डा राजेन्द्रकुमार गिरी, रोशनलाल चौधरी र डा राजेन्द्रबहादुर जिसी रहेका छन् ।

मुख्य मन्त्री कार्यालयले बरिष्ठ जनस्वास्थ्य प्रशासक दशौँ तहका डा गिरीलाई प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र बुटवलमा निमित्त प्रमुख बनाएर सरुवा गरेको छ ।

त्यहाँ निमित्त प्रमुख रहेका रहेका बरिष्ठ जनस्वास्थ्य प्रशासक दशौँ तहका चौधरीलाई स्वास्थ्य निर्देशनालय दाङ सरुवा भएको छ ।

यस्तै पाल्पा अस्पतालको मेडिकल सुपरीेटेन्डेन नवौं तह रहेका डा जिसीको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा सरुवा भएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *