निशुल्क दन्त शिविर र रक्तदान कार्यक्रम गर्दै ‘दि जिम फिजिकल फिटनेस क्लब’ले मनायो पाँचौ बार्षिकोत्सब

224
Shares

काठमाडौँ, १० भदौ । दि जिम फिजिकल फिटनेस क्लब, टोखाले आफ्नो पाँचौं बार्षिकोत्सबको अवसरमा आज निशुल्क दन्त शिविर र रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

हिमाल डेन्टल एण्ड ओर्थोडोटिस सेन्टर सामाखुसी र नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा निशुल्क दन्त शिविर तथा रक्तदान कार्यक्रमको आयोजना गरिएको हो ।

उक्त शिविरमा शिविरमा ७० जनाले दाँतको उपचार सेवा लिएको थिए । यस्तै क्लब सदस्य तथा स्थानीय गरी २९ जनाले रक्तदान गरेका थिए ।

दि जिमले फिटनेसका अलावा आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत वार्षिक रूपमा नियमित रूपमा विभिन्न कार्यक्रम गर्नुका साथै निरन्तर रक्तदान कार्यक्रम गरी सो कार्यक्रमलाई मुख्य प्राथमिकतामा राख्दै आएको प्रमुख कार्यकारी अधिकृत अमरबाबु भट्टले जानकारी दिए ।

 

बिगत ५ बर्षदेखी टोखा नगरपालिका र यसका आसपासका सेवाग्राहीलाइ शरीरलाई तन्दुरुस्त, स्वस्थ, फुर्तिलो तथा बलियो पार्न गरिने विभिन्न प्रकारका शारीरिक क्रियाकलापहरूका माध्यमबाट सेवा प्रदान गर्दै आइरहेको यस फिटनेस सेन्टरले बिगतका वर्षमा पनि यस्ता कार्यक्रमहरू गर्दै आइरहेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *