कन्फेडेरेसन् अफ मेडिकल एसोसिएशन ईन एशिया एण्ड ओसियानियाको अध्यक्ष पदमा एनएमए अध्यक्ष डा अनिलबिक्रम कार्की निर्वाचित

144
Shares

काठमाडौँ, १० भदौ । कन्फेडेरेसन् अफ मेडिकल एसोसिएशन ईन एशिया एण्ड ओसियानिया (सीएमएएओ) अध्यक्ष पदमा डा. अनिल बिक्रम कार्की निर्वाचित भएका छन् ।

एशिया तथा मध्य र दक्षिणी प्रशान्त महासागर क्षेत्रका चिकित्सकहरुको छाता संस्था ‘सीएमएएओ’को फिलिपिन्सको मनिलामा सम्पन्न ३८ औं साधारण सभा तथा ५९ औं परिषद् बैठकले नेपाल मेडिकल एसोसिएसनका अध्यक्ष डा. कार्कीलाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो।

अध्यक्षमा निर्वाचित डा. कार्कीले अब सन् २०२५ देखि २०२६ सम्म एक वर्ष को लागि ‘सीएमएएओ’को नेतृत्व गर्ने छन् ।

‘सीएमएएओ’मा नेपाल मेडिकल एसोसिएशन सहित अस्ट्रेलिया, हङ्गकङ्ग, इन्डोनेसिया, जापान, कोरिया, मलेसिया, म्यानमार, फिलिपिन्स, सिङ्गापुर, ताइवान र थाइल्याण्ड मेडिकल एसोसिएसन सहित १२ वटा मेडिकल एसोसिएशन आवद्ध छन् ।

गत शनिबार देखि आज सम्म चलेको परिषद् बैठक तथा साधारणसभामा नेपाल मेडिकल एसोसिएसनका अध्यक्ष डा. कार्की र महासचिव डा. सञ्जीव तिवारीले कार्यपत्र समेत प्रस्तुत गरेका थिए।

डा. कार्कीले सीएमएएओ ३९ औं बार्षिक साधारण सभा सन् २०२५ मा पहिलो पटक नेपालमा हुने बताए ।

सभाले चिकित्सकहरुका साझा सवालबारे १० बँदे घोषणापत्र समेत जारी गरेको छ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *