पाँच जिल्लाका ६७ जनामा हैजा संक्रमण पुष्टि

काठमाडौँ, ९ भदौ । गत साउन यता ६७ जनामा हैजा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार ललितपुर, काठमाडौँ, कैलाली, प्युठान, मकवानपुर गरी पाँच जिल्लामा ६७ जनामा हैजा संक्रमण पुष्टि भएको हो ।
चार जना हैजा सङ्क्रमित उपचाररत रहेको महाशाखाले जनाएको छ । सबैभन्दा बढी ललितपुरमा ४७ जनामा हैजा संक्रमण पुष्टि भएको छ ।
त्यस्तै काठमाडौँमा ९, कैलालीमा ८, प्युठानमा २, मकवानपुरमा १ जनामा हैजा पुष्टि भएको छ । हैजा संक्रमण पुष्टि भएका मध्ये ६३ जना निको भइसकेको महाशाखाले जनाएको छ । ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।





नेपाली हेल्थ 




