नेप्लिज सोसाइटी अफ ग्यास्ट्रोइन्टेरोलोजिस्टको दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा सुरु

काठमाडौँ, ८ भदौ । नेप्लिज सोसाइटी अफ ग्यास्ट्रोइन्टेरोलोजिस्ट (एनएसजी) को दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा सुरु भएको छ।बुढानिलकण्ठ स्थित होटल लेमन ट्री प्रिमियर शुक्रबारबाट सुरु भएको सम्मेलनको नारा ‘डाइजेष्टिभ हेल्थ : च्यालेन्ज एण्ड प्रोस्पेक्ट इन नेपाल’ भन्ने दिइएको छ ।
सम्मेलनको उद्घाटन सत्रका प्रमुख अतिथी तथा सोसाइटीका संस्थापक सदस्य प्राडा महेश खकुरेलले लामो समय पछी भएको सम्मेलन सफलताको शुभकामना दिदै समाजलाई आवश्यक पर्दा ऐकेडेमिक तथा व्यवसायिक हितका लागि आफु सधै तयार रहेको बताए।
नेप्लिज ग्यास्ट्रोएन्टेरोलोजिस्ट सोसाइटीकी अध्यक्ष डा रमिला श्रेष्ठले राष्ट्रिय तथा अन्तराष्ट्रिय वक्ता तथा प्रस्तुतकार्ताहरुलाई सहभागिताका लागि आभार व्यक्त गर्दै सम्मेलनका लागि आ-आफ्नो जिम्मेवारी पुरा गर्ने सोसाइटीका सबै सदस्यहरुलाई धन्यवाद व्यक्त गरिन्।
सम्मेलनका अर्गनाइजिङ चियर्स तथा सोसाइटीका महासचिव प्राडा भुपेन्द्र कुमार बस्नेतले पहिलो सम्मेलन २०१४ मै सम्पन्न गरिएको भए पनि लामो समय पछी दोस्रो सम्मलन आयोजना गरिएको बताए। दुई दिनमा १० भन्दा बढी अनुसन्धान प्रस्तुतिका सत्रहरु सहित प्यानल छलफल तथा कि निट स्पिच समेत रहेने सोसाइटिका महासचिव डाक्टर बस्नेतले जानकारी दिए।
सम्मेलनको वेस्ट पोस्टर अवार्डबाट रु २५ हजार सहित डा. मनोज लम्साल पुरस्कृत भएका थिए भने रु २५ हजार सहितको वेष्ट प्रिजेन्टर अवार्डबाट डा. प्रदीप कुमार काफ्ले पुरस्कृत भएका थिए।
सम्मेलनकै अवसारमा सोसाइटीलाई डा ईश्वरलाल श्रेष्ठ फाउन्डेसनले ३ लाख सहयोग गरेको छ भने प्राडा महेश खकुरेलले शैक्षिक उत्थानका लागि १ लाख रुपैयाँ समाजलाई हस्तान्तरण गरेका थिए।
त्यसैगरी जनर्ल अफ ग्यास्ट्रो एण्ड हेपाटोलोजी सोसाइटी अफ अस्ट्रेलियाले कन्फ्रेन्सको अन्तराष्ट्रिय वक्ताका लागि हवाई टिकट तथा बसाईका लागि ७०० डलर सहयोग गरेको छ।
सम्मेलनमा सोसाइटीका संस्थापक प्राडा महेश खकुरेल र मरनोपरान्त डा ईश्वरलाल आचार्यलाई लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मान गरिएको थियो।
सम्मेलनमा बिभिन्न मुलुकका एक दर्जन बढी विदेशी डाक्टर तथा अनुसन्धानकर्ता सहित १०० भन्दा बढीको सहभागिता रहेको छ।
सम्पर्क इमेल : [email protected]






नेपाली हेल्थ 

