बी एण्ड बी अस्पतालमा सुरु भयो रोबोटिक शल्यक्रिया सेवा

448
Shares

ललितपुर, २९ साउन । ग्वार्कोस्थित बी एण्ड बी अस्पतालले रोबोटिक शल्यक्रिया सेवा सुरु गरेको छ । अस्पतालले रोवटिक शल्यक्रिया सेवाले नेपालको चिकित्सा क्षेत्रका लागि अग्रगामी भएको बताएको छ ।

उसले नयाँ सेवा पछि शल्यक्रिया गर्ने तरिकामा आमूल परिवर्तन ल्याउने र बिरामीको स्वास्थ्योपचारमा समेत अझ सुधार हुने विश्वास गरेको छ ।

रोबोटिक शल्यक्रिया प्रविधिले सुक्ष्म शल्यक्रियाको प्रक्रियालाई पनि अत्यन्त सटीकताका साथ सम्भव बनाउने बताइएको छ । यस्तै रिकभरी समय कम गर्ने र बिरामीका लागि छिटो स्वास्थ्य लाभ हुने उल्लेख छ । उच्च प्रशिक्षित सर्जनहरूद्वारा सञ्चालित रोबोटिक प्रणालीले जटिल शल्यक्रियामा सटिकता र दक्षता सुनिश्चित गर्दै स्वास्थ्य सेवाप्रदान गर्ने नयाँ मापदण्ड स्थापित गरेको उल्लेख छ ।

अस्पतालका प्रा. डा. जगदीशलाल बैद्यले भने, “नेपालमा रोबोटिक शल्यक्रिया प्रदान गर्ने पहिलो अस्पताल हुन पाउँदा हामी उत्साहित छौं। यो नवीन प्रविधि हाम्रा बिरामीहरूलाई विश्वस्तरीय चिकित्सा सेवाप्रदान गर्ने प्रतिबद्धतामा महत्वपूर्ण कदम हो।रोबोटिक शल्यक्रियाले न केवल शल्यक्रिया प्रक्रियाको गुणस्तर बढाउनेछ, यसले परम्परागत शल्यक्रियासँग सम्बन्धित जोखिम र रिकभरी समयलाई पनि कम गर्नेछ।”

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *