अवैध रुपमा भित्र्याइएको चार करोड बढी मूल्यको विद्युतीय चुरोट बरामद

72
Shares

पर्सा, २६ साउन । जिल्ला प्रहरी कार्यालय पर्साले शुक्रबार वीरगन्जको रेलवे रोडमा अवस्थित एक घरमा छापामारी चार करोड भन्दा बढी मूल्यको भेप भनिने विद्युतीय चुरोट बरामद गरेको छ ।

प्रहरीले विशेष सूचनाको आधारमा वीरगन्ज महानगरपालिकाको वडा नं. ६ निवासी राम प्रसाद बैरेको घरमा भण्डार गरी राखेको ४ करोड ८६ लाख भन्दा बढी मुल्यको १५ हजार २ सय पिस भेप बरामद गरेको हो ।

बैरेको घरमा भाडा लिइ बसेका भारत विहार निवासी सुदामा प्रसादले अबैध रुपमा इलेक्ट्रोनिक चुरोट भण्डारण गारी राखेको पूर्व सूचनाको आधारमा कार्यवाही गर्दा कोठाभित्र ७३ वटा कार्टुनमा रहेको इलेक्ट्रोनिक चुरोट बरामद भएको हो ।

सुदामा प्रसादलाई आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका सुचना अधिकारी प्रहरी नायब उपरीक्षक दिपक भारतीयले जानकारी दिए। उनले प्रतीकार्टुन २ सय पिस रहेको उक्त इलेक्ट्रोनिक चुरोटलाई हाल जिल्ला प्रहरी कार्यालय पर्सामा राखी आवश्यक अनुसन्धान भइरहेको बताए ।

चाइना, सिंगापूर लागयतका तेस्रो मुलुकमा हवाई मार्ग हुँदै बैधरुपमा नेपाल भित्रिने इलेक्ट्रोनिक चुरोट तस्करीको माध्यमले भारततर्फ निकासी हुने गरेको प्रहरीले जनाएको छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *