सेभ द चिल्ड्रेनद्वारा बागमती प्रदेश सरकारलाई स्वास्थ्य सामग्री भण्डारण भवन हस्तान्तरण

104
Shares

हेटौंडा, २४ साउन । सेभ द चिल्ड्रेनले ग्लोबल फण्ड अनुदान अन्तर्गत नवनिर्मित स्वास्थ्य सामग्री भण्डारण भवन बागमती प्रदेश सरकारलाई हस्तान्तरण गरेको छ ।

हेटौडामा एक औपचारिक कार्यक्रमकाबीच सेभले भवन हस्तान्तरण गरेको हो ।

हस्तान्तरण कार्यक्रममा बोल्दै बागमती प्रदेशका माननीय स्वास्थ्य तथा जनसंख्या मन्त्री कृष्ण थापा मगरले प्रदेशस्तरको स्वास्थ्य प्रणाली सुदृढ गर्न सेभ द चिल्ड्रेन र ग्लोबल फण्डको महत्वपूर्ण भूमिका रहेको बताए ।

उनले भने, यस नवनिर्मित भवन विविध प्रकारका औषधि तथा चिकित्सीय सामग्रीहरू उचित तवरले भण्डारण गर्न निकै उपयोगी हुनेछ, जसले विशेषगरी स्वास्थ्य सेवाबाट बञ्चित सर्वसाधरणको औषधीसम्बन्धी आवश्यकतालाई सम्बोधन गर्नेछ ।”

सरकारी स्वामित्वको जमिनमा हेटौंडामा निर्मित ४७० वर्ग.मि. मा फैलिएको यस भवन अपाङ्गता–मैत्री, सीसीटीभी जडित, फायर अलार्म प्रणालीयुक्त, टेलिफोन तथा इन्टरनेट नेटवर्क र चौबिसै घण्टा सौर्य उर्जा ब्याकअप प्रणालीजस्ता सुविधा सम्पन्न छ । गोदामको निर्माण कार्य १७ मार्च, २०२४ मा सुरु भयो र तीन पुरा गर्न ३ महिना लाग्यो ।

सेभ द चिल्ड्रेन, ‘नेपाल तथा भुटान कन्ट्री अफिसको राष्ट्रिय निर्देशक तारा क्षेत्रीले भनिन्, यो स्वास्थ्य सामग्री भण्डारण भवनले स्वास्थ्य सेवा आपूर्तिलाई सुदृढ बनाउनुका साथै आवश्यक औषधिहरूको आपूर्ति र मागको व्यवस्थापनमा सहयोग पुर्‍याउने । त्यस्तै, यसले क्षयरोग, औलो रोग, र एचआईभीसम्बन्धी स्वास्थ्य सेवाहरू र औषधिहरूको पहुँच बढाउँन र अस्पताल र फार्मेसीहरूबीचको समन्वयलाई सुधार गर्न पनि मद्दत गर्नेछ ।’

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *