स्वास्थ्य बीमा बोर्ड सदस्यमा प्राडा रमिला श्रेष्ठ नियुक्त

520
Shares
प्राडा रमिला श्रेष्ठ

काठमाडौँ, १६ साउन । स्वास्थ्य बीमा बोर्ड सदस्यमा प्राडा रमिला श्रेष्ठ नियुक्त भएकी छन् ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)की प्राध्यापक श्रेष्ठ वीर अस्पतालमा ग्यास्ट्रोइन्टेरोलोजिष्टको रुपमा कार्यरत चिकित्सक हुन् ।

बोर्ड सदस्यमा उनी अहिले नियुक्ती पाएकी भने होइनन् । यस अघि स्वास्थ्य मन्त्री बनेका प्रदीप यादवले गत २१ असारमा मन्त्रीस्तरीय निर्णय गर्दै उनलाई बोर्ड सदस्यमा नियुक्त गरेका हुन् ।

उनको नियुक्ती पछि गत २८ असारमा बसेको बोर्ड बैठकले उनको संयोजकत्वमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयार गरेको स्वास्थ्य बीमा रणनीतिक मार्गचित्र २०२४ – २०३० माथि छलफल गरी राय सुझाव पेश गर्न चार सदस्यीय समिति गठन गर्ने निर्णय समेत गरिसकेको छ ।

सो समितिमा जनस्वास्थ्य अधिकृत विकेश मल्ल, आमन्त्रित एवं विज्ञ सदस्य डा देवेन्द्र ज्ञवाली र शाखा अधिकृत यशोदा अर्यालय सदस्य सचिव रहेको बोर्डले जनाएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *