डा. शैल रुपाखेती जर्मनीको राजदूतमा सिफारिस

992
Shares
– डा. शैल रुपाखेती

काठमाडौँ, १४ साउन । सरकारले युवा चिकित्सक डा.  शैल रुपाखेतीलाई जर्मनीको लागि राजदूतमा सिफारिस गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बिभिन्न १९ देशका राजदूत सिफारिस गर्दा डा. रुपाखेतीलाई जर्मनीका लागि सिफारिस गरेको हो ।

यसअघि शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा डा. रुपाखेती क्याविनेट चिकित्सक थिए । उनी त्यसअघि स्टार अस्पताल सानेपाको व्यवस्थापकीय टिममा रहेर काम गरेका थिए भने अहिले नेपालका शल्य चिकित्सकहरुको छाता संस्था सोसाइटी अफ सर्जन्स नेपाल (एसएसएन) को महासचिवको रुपमा कार्यरत रहेका छन् ।

अन्य देशका राजदूतहरुमा भारत– शंकर शर्मा, अमेरिका– लोकदर्शन रेग्मी, चीन– कृष्णप्रसाद ओली, बेलायत– चन्द्रप्रसाद घिमिरे, साउदी अरब– नरेशविक्रम ढकाल,  इजरायल– धनप्रसाद पण्डित, दक्षिण अफ्रिका– कपिलमान श्रेष्ठ, दक्षिण कोरिया– शिवमाया तुम्बाहाङ्फे, पोर्चुगल– प्रकाशमणि पौडेल, पाकिस्तान– रिता धिताल रहेका छन् ।

यस्तै अस्ट्रेलिया– कान्ता रिजाल, स्पेन – सनिल नेपाल र मलेसिया – नेत्रप्रसाद तिमिल्सिना राजदूतमा सिफारिस भएका छन् ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *