पूर्वी नवलपरासीका ८ जनामा डेंगी संक्रमण

48
Shares

काठमाडौँ, १३ साउन । पूर्वी नवलपरासीमा गएको एक महिनामा ८ जनामा डेंगी संक्रमण पुष्टि भएको छ ।  जिल्ला स्वास्थ्य कार्यालय नवलपरासीका अनुसार असारको दोस्रो हप्तादेखि हालसम्म यहाँ ८ जनामा डेंगी संक्रमण भेटिएको हो ।

भारतसँग सिमाना जोडिएको विनयी त्रिवेणी गाउँपालिकामा ६, बुलिङटारमा १ र हुप्सेकोटमा १ जनामामा डेंगी देखिएको हो । संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य छ ।

डेंगी रोग संक्रमण भएको पोथी जातको लमखुट्टेको टोकाइबाट यो रोग सर्ने गर्दछ। यो रोग चितवनमा पहिलोपटक सन् २००४ मा देखिएको हो।

यसबाट बच्न झूल लगाएर सुत्ने, साँझ–बिहान कपडा लगाएर मात्र बाहिर निस्कने, खाल्डाखुल्डीमा पानी जम्न नदिने, टायर, बोतल र ड्रम नियमित सरसफाइ गर्ने तथा पानी जम्न नदिए डेंगी सङ्क्रमण रोकथाम गर्न सकिन्छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *