विश्व स्तनपान सप्ताह यसै साताबाट मनाईदै, सामान्यले पठायो स्थानीय तहलाई पत्र

92
Shares

काठमाडौँ, १३ साउन । विश्व स्तनपान सप्ताह यसै साता सुरु हुँदैछ । गत १ साउनमा बसेको पोषण प्राविधिक समितिको बैठकले गरेको निर्णय अनुसार आगामी बिहिबार अर्थात १७ साउन देखि २३ साउनसम्म यो दिवस मनाईदैछ ।

समितिले यसपटक सप्ताहको नारा ‘सबैको सहयोग र सहभागिता’ भन्ने तय गरेको छ ।

यसैबीच विश्व स्तनपान सप्ताह ७५३ वटै स्थानीय तहमा पुगेरै मनाउने भन्दै त्यसका सहजीकरण गरिदिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई अनुरोध गरेको छ ।

गत ६ साउनमा संघीय मामिला मन्त्रालयलाई पठाएको पत्रमा सचिवस्तरको निर्णय भएको भन्दै स्वास्थ्यले आवयक सहजीकरण गर्न आग्रह गरेको छ । स्वास्थ्यको पत्र पछि सामान्यले दिवस मनाउन सहयोग गर्न भन्दै ७५३ वटै स्थानीय तहमा पत्राचार गरेको छ ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *