बागमती प्रदेशका सबै जिल्लामा एम्बुलेन्स सेवा विस्तार गरिँदै

20
Shares

भक्तपुर, ११ साउन । बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले प्रदेश सरकारले गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहका लागि उच्च प्राथमिकता दिने जानकारी दिएका छन् ।

आफ्नो सम्मानमा आज यहाँ आयोजित बधाई तथा सम्मान कार्यक्रममा मन्त्री थापाले प्रदेशभित्रका सबै जिल्लामा एम्बुलेन्स सेवा विस्तार गर्ने जानकारी दिए ।

उनले भने, “ सिटामोलसमेत नपाएर ज्यानै जाने अवस्था गाउँगाउँमा अब आउँदैन । माडबारी सेवा समितिसँगको सहकार्यमा उपत्यकाभित्रका अस्पतालमा मृत्यु भएकाको शवलाई निःशुल्क आर्यघाटसम्म पुर्याउने व्यवस्था गर्ने तयारी गरेको छु । ” मन्त्री थापाले आफूले प्रदेशका सबै जिल्लाका सरकारी अस्पतालको अनुगमन गरेर थप सुधारको लागि प्रयास गर्ने बताए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *