काठमाडौँ उपत्यकाका तीन जिल्लामा आजबाट पोलियोविरुद्धको खोप दिईदै

56
Shares

काठमाडौँ, ९ साउन । काठमाडौँ उपत्यकाका तीनवटै जिल्लामा आज देखि पोलियोबिरुद्धको विशेष खोप अभियान सञ्चालन गरिएको छ ।

काठमाडौँको टुकुचा खोला र बागमती नदिको संगमस्थलबाट गत १३ जेठमा संकलन गरिएको ढलको नमूना परीक्षणका क्रममा परिवर्तित पोलियो भाइरस (भ्याक्सिन डिराइभ्ड पोलियो भाइरस टाइप ३) देखा परेपछि तीन जिल्लामा विशेष खोप अभियान सञ्चालन गरिएको हो ।

अभियान अन्तर्गत जन्मेदेखि पाँच वर्षमुनिका बालबालिकालाई स्वास्थ्यकर्मी र महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाले ‘ओपिभी’ खोप (पोलियो थोपा) खुवाउने छन्।

स्वास्थ्य सेवा विभाग बालस्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभियान गौतमले काठमाडौँ, ललितपुर र भक्तपुरका गरी तोकिएका उमेर समूहका २ लाख ८० हजार बालबालिकालाई पोलियो थोपा खुवाउन लागिएको बताए ।

उनले नियमित खोपमा पोलियो खोप दिईएको भए पनि यस अभियानमा आफ्ना बालबालिकालाई अनिवार्य रुपमा ओपिभि दिईनु पर्ने बताए ।

अभियान १२ गतेसम्म सञ्चालन हुनेछ । अभियानका लागि प्रतिदिन १२ देखि १६ हजारसम्म जनशक्ति परिचालन हुने डा गौतमले बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *